छापा खबर


सर्वाेच्चले यस्तो चेतावनी दिएपछि मात्रै प्रहरीले आलम पक्र्यो

सर्वाेच्चले यस्तो चेतावनी दिएपछि मात्रै प्रहरीले आलम पक्र्यो

नेपालखबर
कात्तिक ४, २०७६ सोमबार १:११,

सर्वाेच्च अदालतले आफ्नो आदेश कार्यान्वयन नभए ‘अवहेलनाको निवेदनबाट कारबाही गर्ने चेतावनी’ दिएपछि मात्रै रौतहट प्रहरीले सांसद मोहम्मद आफताव आलमलाई पक्राउ गरी अनुसन्धान थालेको खुलेको छ।

आफूले जारी गरेको आदेश कार्यान्वयन नभएकामा दायर ‘अदालतको अवहेलना’ निवेदनको सुनुवाइपछि सवोच्चले गत असार ५ गते अर्काे आदेश दिएको थियो।

‘सर्वोच्चको फैसला कार्यान्वयनको कर्तव्य र अधिकारसहित महान्याधिवक्ताको हुने देखियो तर महान्यायाधिवक्ताको कार्यालयबाट कुनै जानकारी यस अदालतलाई प्राप्त भएको देखिएन,’ न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको आदेशमा भनिएको छ, ‘यस आदेश प्राप्त भएको मितिले ३० दिनभित्र विस्तृत विवरणसहितको गोप्य प्रतिवेदन यस अदालतमा पेस गर्नू।’

आदेशमा फैसला कार्यान्वयनका प्रमुख रूपमा जोडिएको भन्दै महान्यायाधिवक्तालाई उनको भूमिका ‘स्मरण’ गराइएको छ। यो खबर आजको कान्तिपुरमा छापिएको छ। जसअनुसार महान्यायाधिवक्ताले अनुसन्धानरत विषयमा जानकारीमा लिन सक्छन् भने अनुसन्धान क्रममा निर्देशनसमेत दिन सक्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad