ad ad

कारोबार


नेपाल एयरलाइन्सलाई हङकङ विमानलस्थलले लगायो तेस्रोपटक प्रतिबन्ध

नेपाल एयरलाइन्सलाई हङकङ विमानलस्थलले लगायो तेस्रोपटक प्रतिबन्ध

नेपालखबर
कात्तिक २७, २०७७ बिहिबार ७:२३,

नेपाल एयरलाइन्सलाई हङकङ विमानस्थलले तेस्रोपटक उडानमा प्रतिबन्ध लगाएको छ।

नेपाल एयरलायन्सको जहाजले हङकङ उडान गर्दा कोरोना संक्रमित व्यक्ति लगेको भन्दै १५ दिनको लागि प्रतिबन्ध लगाएको हो।

यसअघि हङकङले पहिलोपटक नेपाल एयरलाइन्समार्फत आएका यात्रुमा कोरोना देखिएको भन्दै अक्टोबर ४ देखि १७ सम्म प्रतिबन्ध लगाएको थियो। त्यसपछि फेरि काठमाडौं–हङकङ उडान गरेको नेपाल एयरलायन्सले फेरि यात्रुमा कोरोना देखिएको भन्दै हङकङले अक्टोबर २० देखि नोभेम्बर ३ सम्मका लागि दोस्रोपटक उडान प्रतिबन्ध लगाएको थियो।

नेपाल एयरलायन्सले काठमाडौंमा पीसीआर रिपोर्ट नेगेटिभ हुने तर हङकङ गएर फेरि पीसीआर गर्दा पोजिटिभ आउँदा करोडौँ गुमाउनुपरेको छ।

‘हामीले पीसीआर नेगेटिभ भएकालाई मात्रै लगेका हौँ’, नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठले भनिन्, ‘हङकङ गएर पीसीआर गर्दा पोजिटिभ देखिएको भन्दै त्यहाँको विमानस्थलले फेरि १५ दिनका लागि प्रतिबन्ध लगाएको छ।’

अन्तर्राष्ट्रिय हवाइ यातायातका लागि अनिवार्य पीसीआर नेगेटिभ हुनुपर्ने मापदण्ड छ। मापदण्डअनुसार सबै हवाइयात्रुले ७२ घण्टासम्मको पीसीआर रिपोर्ट देखाई हवाइ यात्रा गरिरहेका छन् तर नेपालबाट नेगेटिभ रिपोर्ट देखाई गन्तव्यमा पुग्दा पीसीआर पोजेटिभ आउने नेपाल एयरलायन्सको भनाइ छ।

नेपाल एयरलाइन्सले हङकङ मात्रै नभई दुवई र जापान उडान गर्दा यात्रुमा पीसीआर पोजिटिभ देखिएको भन्दै सचेत गराएका छन्।

एयरलाइन्सले पीसीआर टेष्ट गराएपछि यात्रु जथाभावी हिँड्ने गरेको तथा ल्याबहरुमा पनि समस्या हुनसक्ने बताएको छ। नेपाल एयरलायन्सले नेपाल सरकारले मान्यता दिएका सबै ल्याबको रिपोर्टलाई मान्यता दिँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .