ad ad

मधेस


जनकपुरधाममा २१ जोडी वरवधूको निःशुल्क विवाह

जनकपुरधाममा २१ जोडी वरवधूको निःशुल्क विवाह

नेपालखबर
पुस ३, २०८० मंगलबार १०:४३, धनुषा

विश्व हिन्दू परिषद्ले जनकपुरधाममा २१ जोडी वरवधूको निःशुल्क विवाह गराएको छ।

परिषद् अध्यक्ष सन्तोष साहको सक्रियतामा जनकपुरधामको जानकी मन्दिरमा सामूहिक विवाहको कार्यक्रम आयोजना गरिएको हो।

भगवान् श्रीराम तथा माता सीताको शुभविवाह भएको अवसर पारेर जनकपुरधाममा सामूहिक रूपमा निःशुल्क विवाहको आयोजना गरिएको परिषद्ले जनाएको छ।

विवाहमा बेहुला तथा बेहुलीका लागि आवश्यक पर्ने कपडा  बेहुलीको लागि पोते लगायत सामग्री परिषद्ले निःशुल्क उपलब्ध गराएको थियो।

विवाहमा आउने जन्ती तथा परिवारलाई भोजन तथा आवासको व्यवस्थापन पनि परिषद्ले नै गरेको थियो।

जनकपुरधाममा अन्नबाट ११ हजार स्क्वायर फिटको श्री सीताराम स्वयंवरको विश्वकै ठूलो आकृति बनाएका भारतको उत्तरप्रदेशका कलाकार सतीश गुर्जरले पनि सामूहिक विवाह कार्यक्रममा स्वयंवर गरेका छन्।

जानकी मन्दिरमा भइरहेको सामूहिक विवाह समारोहमा उनले उत्तर प्रदेशकी यज्ञनी गुर्जरसँग स्वयंवर गरेका हुन्।

विगत केही वर्षदेखि विश्व हिन्दू परिषद्ले सामूहिक विवाहको आयोजना गर्दै आएको छ। विवाह गर्नेहरूको कानुनी पक्रिया पूरा गर्न बेहुलाबेहुलीको उमेर पुगेको कागजात संस्थाले पहिले नै लिने गर्दछ। न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .