ad ad

मधेस


‘पाँच दलीय गठबन्धनमा महन्थ ठाकुर र राजेन्द्र महतो पनि आउनुपर्छ’

आगामी निर्वाचनमा यही गठबन्धन कायम रहने दाबी
‘पाँच दलीय गठबन्धनमा महन्थ ठाकुर र राजेन्द्र महतो पनि आउनुपर्छ’

फाइल तस्बिर


नेपालखबर
साउन १२, २०७९ बिहिबार १४:५, काठमाडौँ

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने बताएका छन्। 

नेपाल प्रेस युनियन सर्लाहीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्मै कायम रहने बताएका हुन्।  

‘आगामी चुनावसम्म यो गठबन्धन कायम रहनु पर्छ, रहन्छ पनि,’ निधिले भने, ‘मैले शेरबहादुरजी, प्रचण्डजी, माधवजी, उपेन्द्रजीसँग छलफल गर्दा पूरा विश्वस्त देखेको छु। गठबन्धन कायम रहन्छ।’

उनले आगामी प्रदेशिक र संघीय निर्वाचनमा पाँच दलहरुबीच चुनावी तालमेल हुने पनि बताए। ‘चुनावी तालमेल पनि हुन्छ। थरीथरीको हल्ला छ नि के होला, नहोला,’ नेता निधिले भने, ‘कुनै पनि भ्रममा नरहनुहोला।’

उनले पाँच दलीय गठबन्धनमा प्रतिपक्षमा रहेको लोकतान्त्रिक समाजपादी पार्टी (लोसपा) नेपाल पनि सहभागी होस् भन्ने चाहेको पनि बताए। 

‘पाँच दलीय गठबन्धनमा महन्थ ठाकुर र राजेन्द्र महतोको पार्टी सामेल होस भन्ने मेरो पनि चाहना हो,’ निधिले भने। उनले चुनावी तालमेलका लागि लोसपाका नेता राजेन्द्र महतोसँग आफूले कुराकानी गरेको पनि बताए।   

कांग्रेस स्थानीय तह निर्वाचनबाट पहिलो पार्टी बनेको र आगामी निर्वाचनमा बहुमतको पार्टी बनाउनुपर्नेमा जोड दिए। 
‘कांग्रेस स्थानीय निर्वाचनबाट पहिलो पार्टी बन्यो। अब त्यसमा सीमित नरहौँ,’ निधिले भने, ‘बहुमतको पार्टी बन्नका लागि तयारी हामीले गर्नुपर्छ।’

उनले नागरिकता विधेयक पारित हुनुपर्नेमा जोड दिए। नागरिकता विधेयकको विरोध गर्न नहुनेमा नेता निधिको जोड थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .