ad ad

जीवनशैली


डाइबिटिजले यौन जीवनमा पार्ने असर

डाइबिटिजले यौन जीवनमा पार्ने असर

नेपालखबर
साउन १२, २०७९ बिहिबार १८:४६, काठमाडौँ

मधुमेह हाम्रो रगतमा ग्लुकोज वा सुगरको मात्रा आवश्यकताभन्दा बढी भए लाग्ने रोग हो। यसले अन्य केही रोग पनि निम्त्याउन सक्ने सम्भावना हुन्छ। जसमा मुटुसम्बन्धी रोग, मिर्गौला फेल हुनु र हृदयाघातजस्ता समस्या पर्छन्।

यद्यपि धेरैलाई यसले मानिसको यौन जीवनमा पनि असर गर्छ भन्ने थाहा नहुन सक्छ। अमेरिकन डाइबिटिज एसोसिएसनका अनुसार मधुमेह भएका मानिसको यौनजन्य समस्या पनि देखिन सक्छ।

मधुमेहबारे जानकार भारतीय विशेषज्ञ डाक्टर रितेश गुप्ता भन्छन्, ‘मधुमेहले  यौन जीवनमा नकारात्मक असर गर्न सक्छ किनकि यसले मानिसको नसा, रक्तसञ्चार र हर्मोनमा असर गर्छ। साथै यो जटिल रोगसँग लड्दाको तनावले पनि मानिसको यौन जीवन प्रभावित बन्न सक्छ।’ 

पुरुषमा असर 
विशेषज्ञहरुका अनुसार मधुमेह भएका पुरुषमा एरेक्टाइल डिस्फंक्सनको समस्या देखिन्छ।

यो समस्या भएका मानिसमा यौन चाहना नहुने, शीघ्रपतनजस्ता समस्याहरु देखा पर्छ। उच्च रक्तचापले मानिसको नसाहरु र रक्तसञ्चार प्रभावित हुनाले यौन चाहना भएको समयमा पनि यौन उत्तेजना भने नहुने समस्या हुन्छ। 

महिलामा असर 
महिलामा पनि मधुमेहले यौन चाहना घटाउँछ। ‘मधुमेह भएका महिलामा यौन चाहना कम हुन्छ। अनियन्त्रित सुगरको मात्राले जेन्टिअल संक्रमण हुन सक्छ जसले यौन गतिविधिलाई पनि असर गर्न सक्छ। 

नियन्त्रण तथा रोकथाम 
मधुमेहको कारण जटिलता आउन नदिने नियमितरुपमा सन्तुलित खानेकुरा खाने र पर्याप्त शारीरिक अभ्यास गर्ने गर्नुपर्छ।

मधुमेहले आफूलाई कस्तो असर गरिरहेको छ भन्ने बुझेर त्यसैअनुसारको उपचार पनि गर्न सकिने विशेषज्ञको भनाइ छ। यद्यपि यस किसिमको उपचार भने विशेषज्ञको सुझावमा मात्र लिनुपर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .