मिटरब्याज पीडित र सरकारबीच वार्ता चलिरहेकै क्रममा जनकपुरधामबाट तीनजना मिटरब्याज पीडक पक्राउ परेका छन्।
पीडित पक्षले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले जनकपुरधाम १६ कपिलेश्वरबाट तीनजना पीडकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गोपाल साह, हरेराम साह र रेखा साह पक्राउ रहेको धनुषा प्रहरीका डीएसपी मधुसुदन न्यौपानेले जनाएको छ।
पीडित पक्षले ऋण लिएको रकम तिरिसकेपनि पीडकले जग्गा फिर्ता नगरेको भन्ने आरोप सहित जिप्रकामा निवेदन दिएपछि तिनीहरूलाई पक्राउ गरिएको जनाइएको छ।
तीनै जना एकै परिवारका रहेका र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
3
Shares

प्रतिक्रिया