मधेस


मधेसको आर्थिक विधेयक प्रमाणीकरण

मधेसको आर्थिक विधेयक प्रमाणीकरण

नेपालखबर
असार ३२, २०८३ बिहिबार १९:५०, जनकपुरधाम

मधेस प्रदेश सभाबाट पारित भएका आर्थिक वर्ष २०८३/८४ सँग सम्बन्धित दुई महत्त्वपूर्ण विधेयक प्रमाणीकरण भएको छ। 

आर्थिक वर्ष २०८३/८४ को सेवा तथा कार्य सञ्चालनका लागि मधेस प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धी विनियोजन विधेयक २०८३ र मधेस प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८३ प्रमाणीकरण गरिएको हो।

प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले दुवै विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन्।

ती विधेयक प्रमाणीकरण भएसँगै आगामी आर्थिक वर्षका लागि बजेट कार्यान्वयन र राजस्व तथा आर्थिक व्यवस्थासम्बन्धी कानुनी प्रक्रिया औपचारिकरूपमा अघि बढ्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad