मधेस


रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट, १ जनाको मृत्यु, ६ कामदार घाइते

रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट, १ जनाको मृत्यु, ६ कामदार घाइते

नेपालखबर
पुस १२, २०८२ शनिबार ११:२५, चन्द्रपुर(रौतहट)

रौतहटको कटहरिया नगरपालिका-९ स्थित ज्योति डिस्टिलरीको ब्वाइलर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ कामदार घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णु बस्यालका अनुसार आज बिहान भएको ब्वाइलर विस्फोटमा सोही नगरपालिका-९ बलुवाका ४५ वर्षीय लक्ष्मण यादवको घटनास्थलमै मृत्यु भएको हो।

घटनामा ६ जना घाइते भएका छन्। सबै घाइतेका हातखुट्टा जलेका छन्।

उनीहरूलाई उपचारका निम्ति वीरगन्ज पठाइएको छ।

विस्फोटको कारण स्पष्ट भएको छैन। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad