मधेस


मधेसका मुख्यमन्त्रीविरुद्ध ७ दलको विरोध नवौँ दिन पनि जारी

मधेसका मुख्यमन्त्रीविरुद्ध ७ दलको विरोध नवौँ दिन पनि जारी

नेपालखबर
मंसिर २, २०८२ मंगलबार १२:५०, काठमाडौँ

मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवाद चर्किँदै जाँदा ७ राजनीतिक दलले निरन्तर विरोध प्रदर्शनलाई नवौँ दिन पनि जारी राखेका छन्। विवादसँग सम्बन्धित रिटको आज सर्वोच्च अदालतमा न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ हुँदैछ।

जनकपुरधाममा धर्ना जारी राख्दै आएका सात दलका नेता-कार्यकर्ताले एमाले नेतृत्वका कारण प्रदेशमा राजनीतिक अस्थिरता गहिरिएको आरोप लगाएका छन्। 

धर्नामा सहभागी जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक रामअशिष यादवले एमालेकै कारण देश राजनीतिक संकटमा परेको दाबी गर्दै मधेसमा पनि सोही प्रभाव परिरहेको बताए। उनका अनुसार प्रदेशमा स्थिरता कायम होस् भन्ने उद्देश्यले आन्दोलनका कार्यक्रमहरू नवौँ दिनसम्म पनि निरन्तरता दिइएको हो।

एमाले नेतृत्वमा गठन भएको सरकार संवैधानिक नभएको र प्रदेश सभा सभामुख रामचन्द्र मण्डलले दलीय पक्षपातपूर्ण भूमिका खेलेको आरोप ७ दलको छ।

नवौँ दिनको प्रदर्शनमा मधेस प्रदेश सरकारको मुख्यालय मधेस भवनको मुख्य प्रवेशद्वारमै नेता-कार्यकर्ता धर्नामा बसेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad