खेल


चितवनविरुद्ध कर्णालीका प्रियाङ्कले पूरा गरे अर्धशतक

चितवनविरुद्ध कर्णालीका प्रियाङ्कले पूरा गरे अर्धशतक

नेपालखबर
मंसिर २, २०८२ मंगलबार १२:४१, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध कर्णाली याक्सका ओपनर प्रियाङक पञ्चलले अर्धशतक पूरा गरेका छन्।

उनले दशौँ ओभरको अन्तिम बलमा अर्धशतक पूरा गरेका हुन्। उनले  २८ बलमा ४ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरे। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको कर्णालीले १० ओभरको समाप्तीमा १ विकेटको क्षतिमा ८२ रन बनाएर खेलिरहेको छ। 

क्रिजमा प्रियाङक पञ्चल ६० र मार्क वाट १ रनमा अविजित छन्। अर्का अ‍ोपनर म्याक्स ओ डाउड २० रन बनाउँदा सैफ जैवको कलबमा बोल्ड आउट भए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad