मधेसका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आह्वान गरेको सर्वदलीय बैठक आन्दोलनरत ७ राजनीतिक दलले बहिष्कार गरेका छन्।
सर्वदलीय बैठकमा वर्तमान मुख्यमन्त्री सरोजकुमार यादव सहभागी भएकाले अन्य राजनीतिक दलले बैठक बहिष्कार गरेका हुन्। जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले असंवैधानिक रूपमा नियुक्त भई होटेलमा शपथ खाएका वर्तमान मुख्यमन्त्री सो बैठकमा सहभागी भएकाले सात दलीय गठबन्धनले बहिष्कार गरेको बताए।
प्रदेश प्रमुख लाभले मधेसमा देखिएको वर्तमान राजनीतिक संकट समाधान गर्ने अभिप्रायले सर्वदलीय बैठक आह्वान गरेका थिए।
192
Shares

प्रतिक्रिया