मधेस


विश्वासको मत नपाएका सोनलले कांग्रेस समर्थनमा गरे बहुमतको सरकार आह्वानको माग

विश्वासको मत नपाएका सोनलले कांग्रेस समर्थनमा गरे बहुमतको सरकार आह्वानको माग

नेपालखबर
कात्तिक २३, २०८२ आइतबार १९:५१, काठमाडौँ

मधेस प्रदेशका कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा नेपाली कांग्रेससहित ६ दलका नेताहरूले प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष बहुमतको सरकार गठनका लागि आह्वान गर्न माग गरेका छन्। 

मुख्यमन्त्री सोनलले पदबाट राजीनामा दिएको एक दिन बितिसक्दा पनि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान नगरेपछि सोनल नेतृत्वको समूहले विपक्षी दल कांग्रेसलाई समेत साथमा लिएर नयाँ सरकार गठनका लागि पहल थालेको हो।

सोनलसँगै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादव, नेकपा (माओवादी केन्द्र) का उपनेता युवराज भट्टराई, जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक कनिश पटेल र नागरिक उन्मुक्त पार्टीकी उर्मिला देवी सिंहले प्रदेश प्रमुख भण्डारीसँग भेट गरेर संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गर्न माग गरेका छन्। 

कार्यवाहक मुख्यमन्त्री सोनलले अहिले १०७ सदस्यीय प्रदेशसभामा करिव ८५ सांसदले आफूहरूको पक्षमा समर्थन जनाएको दाबी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad