मधेस


भारतबाट १६ बालबालिकाको उद्धार

भारतबाट १६ बालबालिकाको उद्धार

नेपालखबर
कात्तिक १३, २०८२ बिहिबार १८:५५, जनकपुरधाम

भारतका विभिन्न स्थानबाट १६ बालबालिकाको उद्धार गरिएको छ। उनीहरुलाई उद्धार गरी आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ।

मधेस प्रदेशका विभिन्न जिल्लाबाट भारतको मुम्बई, दिल्ली र बिहार राज्यका विभिन्न ठाउँ पुर्याइएका ती बालबालिकालाई भारतीय प्रहरीको सहयोगमा ‘कीन इन्डिया’ संस्थाले उद्धार गरेर मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित यादवको रोहवरमा उनीहरुका अभिभावकको जिम्मा लगाएको हो। 

उद्धार गरिएकामा महोत्तरी, धनुषा, सिरहा, रौतहट र सप्तरी जिल्लाका रहेका छन्। उनीहरूको उमेर ९ देखि २२ वर्षसम्मको रहेको राष्ट्रिय बालअधिकार परिषद् मधेस प्रदेश समन्वय अधिकृत सञ्जीव महतोले जानकारी दिए। 

यस्तै दुई बालिकालाई पनि ‘किन इन्डिया’ले भारतीय प्रहरीको सहयोगमा उद्धार गरेर बालकल्याण समिति तथा बालबालिका खोज उद्धार केन्द्र जनकपुरधाममार्फत अभिभावकको जिम्मा लगाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad