मधेस


नारायणी अस्पताल भन्छ: कैदी मृत्यु प्रकरणमा ‘गलत सन्देश’ ले विवाद बढ्यो

नारायणी अस्पताल भन्छ: कैदी मृत्यु प्रकरणमा ‘गलत सन्देश’ ले विवाद बढ्यो

नेपालखबर
साउन २७, २०८२ मंगलबार १६:१०, वीरगन्ज

नारायणी अस्पतालमा उपचारका क्रममा मङ्गलबार एक कैदीको मृत्यु भएपछि उत्पन्न विवादबारे अस्पताल प्रशासनले ‘कम्युनिकेसन’ मुख्य कारण रहेको स्पष्ट पारेको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले उपचारको अस्पतालले राम्रो प्रबन्ध गर्दा गर्दै प्रशासनले बाहिर रेफर गर्न नदिएको भन्ने बारेमा गलत सन्देश जाँदा विवाद उत्पन्न भएको बताए। 

प्रारम्भिक उपचारका क्रममा बिरामीको अवस्था अत्यन्तै गम्भीर भएको कारण अन्यत्र पठाउन नसकिएको उनले बताए।

‘पल्स र ब्लड प्रेसर रेकर्डेबल थिएन, मुखबाट फिँज र रगत निस्किरहेको थियो,’ दासले भने, ‘हाम्रो आईसीयू पनि तयार थियो तर आईसीयूमा पुर्‍याउन नपाउँदै बिरामीको मृत्यु भयो।’

अस्पतालका मेसु डा दासले अस्पतालले थप उपचारका लागि अन्यत्र रिफर गर्ने निर्णय गरेको भए पनि, जिल्ला प्रशासनले बाहिर लैजान नदिएको भन्ने बुझाइ गलत भएको बताए।

‘प्रमुख जिल्ला अधिकारीज्यू स्वयंले आईसीयू व्यवस्था गरेर अस्पतालमै उपचार गर्न भन्नु भएको थियो’, उनले भने। 

यो घटनापछि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन भएको छ। समितिमा मानवअधिकार, प्रहरी, अस्पताल र अन्य सरोकारवालाको प्रतिनिधित्व छ र १५ दिनभित्र प्रतिवेदन बुझाउने म्याद तोकिएको छ।

कैदी राहुल तुहाराको मंंगलवार बिहान जेलमै व्यायाम गर्ने क्रममा अस्वस्थ भएर अस्पताल पुर्‍याएको थियो।

प्रारम्भिक उपचारपछि थप सुविधा आवश्यक भएकाले अन्यत्र लैजान अस्पतालले सिफारिस गरेको भए पनि प्रशासनले अनुमति नदिँदा उपचारमा ढिलाइ हुँदा तुहाराको मृत्यु भएको आरोप मृतकका आफन्तको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad