समाज


पर्सामा कैदीको मृत्युपछि आफन्त आक्रोशित, नारायणी अस्पताल अगाडि प्रदर्शन

पर्सामा कैदीको मृत्युपछि आफन्त आक्रोशित, नारायणी अस्पताल अगाडि प्रदर्शन

नेपालखबर
साउन २७, २०८२ मंगलबार १५:८, काठमाडौँ

पर्सामा कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका २८ वर्षीय कैदी राहुल साहको मृत्यु भएको छ।

साहको मृत्युपछि मृतक कैदी साहका आफन्तहरूले नारायणी उपक्षेत्रीय अस्पतालमा अगाडि प्रदर्शन शुरु गरेका छन्।

मंगलवार बिहान अचानक बेहोस भएका कैदी साहको निधन भएको हो। बिहान एक्सरसाइज गर्ने क्रममा वान्ता गर्दै एक्कासी बेहोस भएका प्रहरीको भनाइ छ।

उनलाई उपचारका लागि लगिएकोमा अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ। आफन्तले भने कारागार प्रशासनको लापरबाहीले राहुलको ज्यान गएको आरोप लगाएका छन्।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ का सदस्य जगदिश साहले प्रशासनको कमजोरीका कारण घटना भएको बताए।

उनले शव नबुझ्ने बताए। प्रशासनले जानीजानी मारेको उनको आरोप छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad