समाज


वीरगन्ज अस्पताल कैदी मृत्यु प्रकरणमा प्रशासनद्वारा छानबिन समिति गठन

वीरगन्ज अस्पताल कैदी मृत्यु प्रकरणमा प्रशासनद्वारा छानबिन समिति गठन

नेपालखबर
साउन २७, २०८२ मंगलबार १५:३२, वीरगन्ज

नारायणी अस्पतालमा उपचारका क्रममा एक कैदीको मृत्यु भएपछि स्थानीयले विरोध प्रदर्शन गरेका घटनाको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ।

जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बैठकले छानबिन समिति गठन गर्ने निर्णय भएको हो।

घटनाका कारण र दोषीको पहिचान गरी १५ दिनभित्र रिपोर्ट बुझाउने गरी समिति गठन भएको सहायक प्रमुख जिल्ला अधिकारीकारी रेग्मीले बताए।

छानबिन समितिमा मानवअधिकार, प्रहरी, अस्पताल प्रशासन र मृतक परिवारका प्रतिनिधि समेत रहेका छन्। 

सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार, छानबिन समितिले घटनाका सबै पक्षसँग जानकारी लिई प्रतिवेदन बुझाउनु पर्ने भनिएको छ। छानबिन समिति पछि मृतक राहुल  तुहाराको पोस्टमार्टम प्रक्रिया अघि बढेको नारायणी अस्पताल प्रशासनले जनाएको छ। 

नारायणी अस्पतालमा उपचारका क्रममा मङ्गलवार एक कैदीको मृत्यु भएको थियो। मृतकका आफन्त र स्थानीयले अस्पताल प्रशासन र चिकित्सकमाथि लापरबाहीको आरोप लगाउँदै अस्पताल परिसर बाहिर प्रदर्शन प्रदर्शन गरेका थिए। आन्दोलन उग्र बन्दै जान थालेपछि प्रशासनले छानबिनको लागि समिति गठन गरेको हो। 

कैदी राहुल तुहारा बिहान जेलमै व्यायाम गर्ने क्रममा अस्वस्थ भएपछि अस्पताल पुर्‍याएको थियो। प्रारम्भिक उपचारपछि थप सुविधा आवश्यक भएकाले अन्यत्र लैजान अस्पतालले सिफारिस गरेको भए पनि जेल प्रशासनले अनुमति नदिँदा उपचारमा ढिलाइ हुँदा तुहाराको मृत्यु भएको आरोप मृतकका आफन्तको छ। 

अस्पतालले भने कैदीलाई सक्दो उपचार गरिएको र तत्कालै रेफर गर्न सिफारिस गरिएको दाबी गरेको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले घटनाबारे जिल्ला प्रशासन कार्यालयमा बैठक बसिरहेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad