मधेस


तीनकुने घटनामा सरकार दोषी रहेको भन्दै जनकपुरमा प्रदर्शन

तीनकुने घटनामा सरकार दोषी रहेको भन्दै जनकपुरमा प्रदर्शन

नेपालखबर
चैत ३१, २०८१ आइतबार १७:२२, काठमाडौँ

जनकपुरमा सरकारविरुद्ध विरोध प्रदर्शन भएको छ।

गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनाका लागि सरकार दोषी रहेको भन्दै आइतवार नेपाल राष्ट्रवादी नागरिक समाज, धनुषाले जनक चोकबाट विरोध जुलुस निकालेको हो।

विरोधमा सहभागीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन शिर्ष नेताहरूको नाम लिएर विरोध जनाएका छन्। 

उनीहरूले सरकारविरुद्ध तीव्र असन्तोष व्यक्त गर्दै राष्ट्रिय झण्डा बोकेर जनकपुरधामको विभिन्न भाग परिक्रमा गरेका थिए।

सरकारले थुनामा रहेका नेताहरूलाई तत्काल रिहा नगरे आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad