भूमि समस्या समाधान आयोग जिल्ला समिति सर्लाहीको अध्यक्षमा मदनबहादुर विश्वकर्मा नियुक्त भएका छन्।
सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशका ७० जिल्लामा भूमि समस्या समाधान आयोगको अध्यक्ष नियुक्ति गर्ने क्रममा सर्लाहीमा भूमि अधिकार अभियन्ता विश्वकर्मालाई नियुक्त गरेको हो।

ईश्वरपुर नगरपालिका-१२, घारीबथान निवासी विश्वकर्मा दुई दशकभन्दा बढी समयदेखि भूमि अधिकार आन्दोलनमा क्रियाशील छन्।
विश्वकर्मासँगै सोमबार काठमाडौँको नयाँ बानेश्वरस्थित सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रको सभाहलमा ७० जिल्लाका भूमि आयोग अध्यक्षले शपथ लिएका छन्।
मन्त्रालयका अनुसार अब कोसी प्रदेशको तेह्रथुम, मधेसका सप्तरी र रौतहट, गण्डकीको स्याङ्जा, कर्णालीको जुम्ला र सुदूरपश्चिमका बझाङ र कञ्चनपुरमा मात्र अध्यक्ष नियुक्त गर्न बाँकी छ।
Shares

प्रतिक्रिया