मधेस


सर्लाहीमा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ घाइते

सर्लाहीमा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ घाइते

प्रतीकात्मक तस्बिर


नेपालखबर
असोज २९, २०८१ मंगलबार १३:४३, काठमाडौँ

सर्लाहीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

बसबरिया गाउँपालिका-६ पोखरीया टोलमा हिरापुरबाट मदनपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०२–००१ स ३०३० नम्बरको अटो अनियन्त्रित भई सोमबार राति  दुर्घटना भएको हो।

अटोमा सवार कविलासी नगरपालिका ३ बस्ने ३९ वर्षीय भुव नारायण राय यादवको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मंलगवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा घाइते भएका अटोमा सवार ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि अटो चालक फरार रहेको र उनको खोजी भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad