ad ad

मधेस


मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट चार र लोसपाका एक मन्त्रीले लिए शपथ

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट चार र लोसपाका एक मन्त्रीले लिए शपथ

नेपालखबर
साउन ३, २०८१ बिहिबार २१:२८, धनुषा

मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

मुख्यमन्त्री सिंहले आज नेपाली कांग्रेसका सांसद सुनिल यादव अर्थमन्त्री, जनार्दन सिंह क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, शेषनारायण यादव ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री र कौशलकिशोर रायलाई श्रम तथा यातायातमन्त्री नियुक्त गरेका हुन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक मन्त्रालय लिएर मधेस प्रदेश सरकारमा सहभागी भएको छ। लोसपाबाट प्रमुख सचेतक रानी शर्मा तिवारी शिक्षा तथा संस्कृतिमन्त्री नियुक्त भएकी छिन्। यसअघि उक्त मन्त्रालय एमालेका राजकुमार लेखीले सम्हालेका थिए। उनलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

आजै नेपाली कांग्रेसबाट चार र लोसपाका एक मन्त्रीले पद तथा गोपनियताको शपथ लिए।
 
नवनियुक्त मन्त्रीहरूलाई मधेस भवनमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताको सपथ गराइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .