ad ad

मधेस


सर्लाहीमा भर्खरै हत्या भएको अवस्थामा युवकको टाउको मात्र भेटियो, शरीर खोज्दै प्रहरी

सर्लाहीमा भर्खरै हत्या भएको अवस्थामा युवकको टाउको मात्र भेटियो, शरीर खोज्दै प्रहरी

घटनास्थल


नेपालखबर
साउन २५, २०८० बिहिबार १०:३९, सर्लाही

सर्लाहीमा शरीरबाट अलग गरेको अवस्थामा युवकको टाउको फेला परेको छ। 

पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका ४ स्थित लखन्देही खोला किनारमा बिहीबार बिहान करिब ८ बजे शरीरबिनाको टाउको मात्र फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए। 

‘घाँटीमा धारिलो हतियारले काटेर छिनाएको अवस्थामा टाउको मात्रै फेला परेको छ। हामी त्यो टाउकोबाट छुट्याइएको शरीर खोजिरहेका छौँ’, डीएसपी पञ्जियारले नेपालखबरसँग भने, ‘जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हरिवनबाट गएको प्रहरी टोलीले अहिले घटनाको प्रकृति मुचुल्का तयार गरिरहेको छन्।’

स्थानीयले पुलमुनि शरीरबिनाको मान्छेको टाउको देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शवको सनाखत गर्ने प्रयास गरिरहेको छ।

‘अहिले एसपी साप (नरेशराज सुवेदी) आफैँ मलंगवाबाट घटनास्थलमा पुग्नुभएको छ’, उनले भने, ‘इलाका प्रहरी कार्यालय हरिवनबाट पनि इन्सपेक्टर शिवराम थापाको कमाण्डमा प्रहरी टोली घटनास्थलमै छन्।’

अन्दाजी २५ वर्षको जस्तो देखिने युवकको भर्खरै हत्या भएको जस्तो देखिने प्रहरीले जनाएको छ। ती युवकले हल्का दाह्री पालेको जस्तो देखिएको प्रहरीले जनाएको छ। 

युवकको हत्या सोही ठाउँमा भएको हो वा अन्यत्र हत्या गरेर टाउको मात्रै फालिएको हो, अनुसन्धानपछि मात्रै खुल्ने डीएसपी पञ्जियारले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .