ad ad

मधेस


उपमेयरसहित ६ दलीय मोर्चाद्वारा विदेह नगरपालिकाको नगरसभा बहिष्कार

उपमेयरसहित ६ दलीय मोर्चाद्वारा विदेह नगरपालिकाको नगरसभा बहिष्कार

नेपालखबर
असार ११, २०८० सोमबार ८:४३, काठमाडौँ

कांग्रेस नेतृत्वको ६ दलिय मोर्चाले धनुषाको विदेह नगरपालिकाको नगरसभा बहिष्कार गरेको छ। विदेह नगरपालिकाकी उपमेयर आशा देवी झा पनि नगरसभा बहिस्कारमा  सहभागी भएकी छन्।

आइतबार नगरसभा चलिरहँदा नेपाली कांग्रेसका नगर सभापति गणेश साहको नेतृत्वमा ६ दलिय मोर्चाले नगरसभा बहिष्कार गर्दै विरोध प्रदर्शन गरेको हो।

विदेह नगरपालिकामा मेयरसहित कार्यपालिकामा एमालेको बहुमत छ। उपमेयर झा एमालेबाटै निर्वाचित भए पनि उनले नगरसभा बहिस्कार गरेकी हुन्। कार्यपालिकामा मेयर र उपमेयरबीच विवाद छ।

मेयरले नगरको बजेट निर्माणमा मनपरी गरेको आरोप उपमेयरसहित ६ दलिय मोर्चाले लगाएको छ।

उनीहरुले खुल्ला मञ्चमा नगरसभा गर्नुपर्ने, नगरपालिकाको आयव्यय विवरण सार्वजनिक गर्नुपर्ने र भ्रष्टाचारको छानविन  गर्नुपर्नेलगायतका माग मेयर बेचन दास तत्मासँग राखेका छन्।

विरोध प्रदर्शनमा उपमेयर झा, कांग्रेसका नगर सभापति गणेश साह, ४ जना वडाध्यक्ष र पूर्व एसएसपी गोविन्द साह, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा लगायत राजनीतिक दलका सयौं नेता कार्यकर्ता सहभागी थिए।

गत आर्थिक वर्षको वार्षिक आयव्यय सार्वजनिक नै नगरि भेयरले नगरसभा गरेपछि विरोध गरिएको कांग्रेस नेता साहले बताए। 

६ दलीय मोर्चाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ र गाँउ, नगर र जिल्ला सभा सञ्चालन गर्न व्यवस्था गरेको ऐन २०७७ समेतको विपरित गणपुरक संख्या समेत नपुर्याइ मेयरले नगरसभा गरेको आरोप लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .