ad ad

मधेस


सिरहा अस्पतालमा आगलागी हुँदा बिरामीको भागाभाग, एकजनाको मृत्यु

सिरहा अस्पतालमा आगलागी हुँदा बिरामीको भागाभाग, एकजनाको मृत्यु

जयन्त ठाकुर
चैत २९, २०७९ बुधबार १६:४३, जनकपुरधाम

प्रादेशिक अस्पताल सिरहामा आगलागी भएको छ। 

सिरहा नगरपालिका–७ स्थित प्रादेशिक अस्पतालको जेनेरेटर राखेको घरमा बुधबार दिउँसो आगलागी भएको हो। 

अस्पताल स्रोतका अनुसार विद्युत सर्ट भएर दिउँसो २ बजे आगलागी भएको हो। आगलागी हुँदा बिरामीहरुको भागाभाग भएको थियो। 

बिरामीहरुको भागाभाग हुँदा अस्पतालमा डायलासिस गर्न पुगेका एकजना बिरामीको मृत्यु भएको छ। 

सिरहाको बरियारपटी गाउँपालिका–३ खोक्सी बस्ने मिर्गौलाका बिरामी ६० वर्षीय प्रदिप दासको हेमोग्लोबिन कम हुँदा उपचारकै क्रममा मृत्यु भएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .