ad ad

मधेस


मिटरब्याज पीडितले गरे जनकपुरमा प्रदर्शन

मिटरब्याज पीडितले गरे जनकपुरमा प्रदर्शन

नेपालखबर
फागुन १८, २०७९ बिहिबार १५:४२, जनकपुरधाम

मिटरब्याजबाट पीडितहरूले जनकपुरधाममा प्रदर्शन गरेका छन्।

बिनाधितो ऋण दिने प्रलोभनमा पारेर चरम आर्थिक शोषण गर्दै आएको भन्दै जनकपुरधाममा मिटरब्याजबाट पीडितहरुले मिटरब्याजी र लघुवित्त वित्तीय संस्थाविरुद्ध प्रदर्शन गरेका हुन्।

विभिन्न प्रलोभन देखाएर महिलाहरुको समूह गठन गरेर आर्थिक शोषण गर्दै आएको भन्दै मिटरब्याज विरुद्धको संघर्ष समिति नेपालको आयोजनामा पीडितहरूले प्रदर्शन गरेका हुन्।

ऋण लिँदा आर्कषक अफर भन्ने र पछि ३६ प्रतिशतसम्म ब्याज असुल्ने गरी सञ्चालक रातारात करोडपति बनेको उनीहरूको आरोप छ।

गाउँ बस्ती र सहर बजार जताततै महिला समूह गठन गर्दै बिनाधितो ऋण दिने प्रलोभनमा बचतको नाममा रकम लुटेर आफू मोटाउने र समुदायलाई कंगाल बनाउने गरेकाले आन्दोलनमा उतरिनु परेको पीडितहरुको भनाइ छ।

ऋण मिनाहाको माग आन्दोलनमा उतारिएका पीडितहरुले बिहीबार स्थानीय रंगभूमी मैदानबाट प्लेकार्डसहित विरोध प्रदर्शन गर्दै जिल्ला अदालत, उच्च अदालत, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय घेराउ गरेका छन्।

प्रदर्शनमा सहभागीहरूले सुदखोरहरूलाई गिरफ्तार गर्, तमसुक व्यवस्था खारेज गर्, मिटरब्याजीको सम्पति छानबिन गर्, पीडितको सम्पति फिर्ता गर्, मिटरब्याजीले गरेको यौन शोषणको छानबिन गरी दोषीलाई कारबाही गरलगायतका नाराहरू लगाएका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .