ad ad

मधेस


सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

नेपालखबर
फागुन १२, २०७९ शुक्रबार ६:३५, सर्लाही

सर्लाहीको लालबन्दीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका ७ मा बिहीबार बा ५८ प १८१६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ७० वर्षीय मौजे साह रौनियारको मृत्यु भएको हो। 

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका रौनियारलाई लालबन्दीस्थित मोडेल अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि न्युरो अस्पताल कलैया, बारा लगिएको थियो। 

त्यहाँ पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ। 

दुर्घटनापछि प्रहरीले मोटरसाइकल र त्यसका चालक महोत्तरीको गौशाला नगरपालिका–८, बस्ने २२ वर्षीय अनिल मगरलाई पक्राउ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .