सर्लाहीको लालबन्दीमा कन्टेनर दुर्घटना भई बिजुलीको पोल भाँचिदा विद्युत् सेवा अवरुद्ध भएको छ।
शुक्रबार बिहान करिब १० बजे पूर्वपश्चिम राजमार्गमा पर्ने लालबन्दी १ को जंगलमा ना ६ ख ४७३३ नम्बरको मालबाहक कन्टेनर आफैँ अनियन्त्रित भइ दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
अनियन्त्रत भएको कन्टेनर सडकबाट तल खसेर दुर्घटना हुँदा बिजुलीको एउटा पोल भाँचिएको विद्युत् प्राधिकरण लालबन्दी प्रशाखाले जनाएको छ।
दुर्घटनामा कन्टेनर चालक टबबहादुर लामा घाइते भएका छन्। उनको नवलपुरस्थित टेक्सास पोलिक्लिनिकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय नवलपुरका सई यशुहरि अधिकारीले जानकारी दिए।
पोल भाँचिदा लालबन्दी नगरपालिका क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ।
108
Shares

प्रतिक्रिया