ad ad

मधेस


सर्लाहीमा सीडीओद्वारा नाका निरीक्षण, कतिपय ठाउँमा सीमा अतिक्रमण

सर्लाहीमा सीडीओद्वारा नाका निरीक्षण, कतिपय ठाउँमा सीमा अतिक्रमण

मलंगवा नगरपालिका - ६ खुटौनास्थित जंगे पिलर ३२८ निरीक्षण गर्दै सीडीओ यादव नेतृत्वको टोली


नेपालखबर
माघ २८, २०७९ शनिबार ७:५२, सर्लाही

सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भारतीय सीमा क्षेत्रको निरीक्षणलाई प्राथमिकतामा राखेर काम सुरु गरेका छन्। 

यही माघ ११ गते सर्लाहीमा हाजिर भएका उनले केही दिनदेखि भारतसँग सीमा जोडिएका सर्लाहीका नाकाको निरीक्षण गरिरहेका छन्। 

निरीक्षणका क्रममा केही ठाउँमा दुवै पक्ष (नेपाल-भारत) बाट सीमा अतिक्रमण भएको पाइएको उनले बताए। 

‘सीमा क्षेत्रको निरीक्षणको क्रममा हामीले विष्णु गाउँपालिकाको सेनारा भन्ने ठाउँमा नेपाल र भारत दुवै पक्षबाट सीमा अतिक्रमण भएको पायौँ,’ सीडीओ यादवले भने, ‘त्यहाँ दुवै देशका नागरिकले दशगजा मिचेर घुम्ती पसलहरु सञ्चालन गरेका रहेछन्। हामीले उनीहरुलाई दशगजा क्षेत्रमा व्यापार व्यवसायसहित कुनै पनि गतिविधि नगर्न सम्झाएर आएका छौँ।’ 

उनले सर्लाहीका प्रहरी प्रमुख एसपी नरेशराज सुवेदी, सशस्त्र प्रहरीका एसपी कुलबहादुर भण्डारी र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख सन्तोष ढुंगेललाई साथमै लिएर सीमा निरीक्षण गरेका हुन्। 

निरीक्षणको क्रममा सर्लाही सदरमुकामसमेत रहेको मलंगवा नगरपालिका ६ खुटौनास्थित जंगे पिलर ३२८ जीर्ण अवस्थामा पाइएको उनले बताए। 

‘पिलर नम्बर ३२८ मर्मत गर्नुपर्ने अवस्थामा पुगेको रहेछ,’ नेपालखबरसँग उनले भने, ‘अब हामी सबै सीमा स्तम्भको अवस्थालाई मिहिन रुपमा निरीक्षण गर्ने छौँ।’

उनले सीमा सुरक्षासँगै अवैध मुद्रा, हातहतियार, लागुऔषध कारोबार र तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गरिने जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .