मधेस


मधेश प्रदेशको उपसभामुखमा बबिता इशर निर्वाचित

मधेश प्रदेशको उपसभामुखमा बबिता इशर निर्वाचित

नेपालखबर
माघ ३, २०७९ मंगलबार २०:४९, जनकपुरधाम

मधेश प्रदेशको उपसभामुखमा बबिता कुमारी राउत इसर निर्वाचित भएकी छन्।

जनमत पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी इसरलाई नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी बाहेकका प्रदेशसभा सदस्यहरुले साथ दिएपछि सहजै निर्वाचित भएकी हुन्। 

मत विभाजन प्रकृयाबाट इसरको पक्षमा ७२ प्रदेशसभा सदस्यहरुले मत दिएका थिए।

त्यस्तै, उनको विपक्षमा २९ प्रदेशसभा सदस्यहरुले मत दिएका थिए। उपसभामुखको निर्वाचनमा १ सय १ जना प्रदेशसभा सदस्यहरु सहभागी भएका थिए।

इसरको पक्षमा बहुमत सदस्यहरुको मत परेपछि नेकपा एकीकृत समाजवादी पार्टीकी बेची लुंगेलीको उम्मेदवारी प्रदेशसभामा निर्णयार्थ पेश हुन सकेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .