ad ad

समाज


शिक्षण अस्पतालको अस्तव्यस्त व्यवस्थापन, मृतकका आफन्तलाई हैरानी

शिक्षण अस्पतालको अस्तव्यस्त व्यवस्थापन, मृतकका आफन्तलाई हैरानी

नेपालखबर
माघ ३, २०७९ मंगलबार २१:५४, काठमाडौँ

यती एयरको दुर्घटनामा परेका मध्ये पहिचान हुन नसकेका, विदेशी र चालक दलका सदस्यको शव मंगलबार नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो। 

मंगलबार बिहान ल्याइएका ४८ शवहरुको डीएनए परीक्षणका लागि त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लग्ने आफ्न्तलाई जानकारी दिइयो। 

विमानमा परेका मृतकका आफन्तहरु शव बुझ्नका लागि विहानै अस्पताल पुगिसकेका थिए। शव बुझ्ने पर्खाइमा बसेका आफन्तहरु आकाश तिर हरिरहे तर हेलिकप्टर अस्पतालमा ल्यान्ड गर्न सकेन र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्कियो। 

दुर्घटनामा आफ्ना क्याप्टेन छोरा कमल केसीलाई गुमाएका काका रामबहादुर केसीले गुनासो गर्दै भने, ‘यति ठूलो अस्पतालमा एउटा हेली ल्यान्ड गर्न सक्दैन।’

त्यति मात्र होइन केही बेरपछि ल्याइएका शवहरुको पनि पोष्र्टमार्टम कुन बेला गर्ने र आफन्तको जिम्मा कति बेला लगाइने भन्ने निश्चित थिएन। 

लामो समयको पर्खाइमा बसेका आफन्त अस्पतालको व्यवस्थापनप्रति आक्रोश जनाइरेका थिए। 

क्याप्टेन कमल केसीका काका रामबहादुर केसीले दशेकै ठूलो सरकारी अस्पताल भए पनि व्यवस्थापन भने निकै फितलो रहेको गुनासो गरे। 

शव ल्याइको एक घण्टा बितिसक्दा पनि आफन्तलाई कहाँ राखिएको छ, कुन बेला दिइने जानकारी दिइएको थिएन। 

‘शव बिहानै साढे आठ बजे आउने भन्ने खबर पाएपछि हामी अस्पताल हिँड्न लागेका थियाैँ। अस्पतालले १० बजेपछि मात्र आउनु भन्यो’ रामबहादुरले नेपालखबरसँग भने, ‘सोही अनुसार हामी अस्पताल पुग्यौं, निकै बेर कुर्दा पनि शव देखाएनन्।’

तीन चार घण्टापछि मात्र आफ्नो कुरा सुन्ने यती एयरका एक जना कर्मचारी भटेको उनले बताए। 

‘हामी केही बुझ्ने र शिक्षित भए पनि यति दुःख भोग्नु पर्यो भने अरु आफन्तलाई अझ कति गाह्रो भयो होला’ उनले भने, ‘अस्पतालले एक जना सूचना अधिकारी राखिदिएको भए कति सजिलो हुन्थ्यो।’

शव बुझाउन कति समय लाग्छ भनिदिएको भए आफन्तहरुले त्यही अनुसारको तयारी गर्ने उनको भनाइ छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .