मधेस


नेपालबाट भारत लाँदै गरिएको १३ लाखको सौफी रक्सी बरामद

नेपालबाट भारत लाँदै गरिएको १३ लाखको सौफी रक्सी बरामद

बरामद सौफी रक्सी र गाडी


नेपालखबर
पुस ३०, २०७९ शनिबार ६:३९, सर्लाही

प्रहरीले रौतहटको राजदेवीबाट झण्डै १३ लाख रुपैयाँ मूल्य बराबरको अवैध मदिरा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहट र स्थानीय बेलविछुवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति भारतीय गाडीसहित ठूलो परिमाणममा सौफी रक्सी बरामद गरेको हो।

नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा राजदेवी नेनगरपालिका ८ स्थित नेपाल भारत सीमा क्षेत्रबाट बीआर ०६ पी ६७८० नम्बरको बोलेरो गाडिसहित १२२ कार्टुन मदिरा बरामद गरिएको रौतहटका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए। 

बोलेरो र महिरासहितका सामान गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। बोलेरो चालक भने फरार भएका छन्। 

त्यसैगरी हिजै प्रहरीले रौतहटको नेपाल भारत सीमा क्षेत्रबाट झण्डै एक लाख रुपैयाँ मूल्य बराबरको अवैध सामासहित बीआर ०५के १२३३ नम्बरको भारतीय मोटरसाइकल बरामद गरेको छ। मोटरसाइकल चालक भने फरार भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad