मधेस


अवैध उत्खननमा प्रयोग गरिएका २ जेसीबी र ९ टिपर प्रहरीको नियन्त्रणमा

अवैध उत्खननमा प्रयोग गरिएका २ जेसीबी र ९ टिपर प्रहरीको नियन्त्रणमा

नेपालखबर
पुस ३०, २०७९ शनिबार ६:५०, सर्लाही

सर्लाही प्रहरीले अवैध उत्खननमा प्रयोग गरिएका २ जेसीबी र ९ वटा टिपर नियन्त्रणमा लिएको छ। 

सर्लाहीको हरिवन र लालबन्दीको सीमा भएर बग्ने लखन्देही खोलाबाट शुक्रबार साँझ ती जेसीबी र टिपर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

खोलामा मनपरी ढंगले गिटी-बालुवा उत्खनन भइरहेको भनेर स्थानीयले दिएको सूचनाको आधारमा पुगेको प्रहरीले जेसीबी र टिपर नियन्त्रणमा लिएको हो।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लखन्देही पुलदेखि झण्डै १ किलोमिटर उत्तरबाट मापदण्डविपरीत अवैध उत्खनन गरिरहेका जेसीबी र टिपर चालकसहित नियन्त्रणमा लिइएको यादवले बताए। 

प्रहरीले ना. ७ ख २६६५, ना. ७ ख ८९२१, ना. ७ ख ५९९५, ना. ७ ख ५४५६, ना. ७ ख ६४३९, ना. ७ ख २९८५, ना. ७ ख ६७८९, प्रदेश २–०३–००१ ख ४२४३ र प्रदेश २–०३–००१ ख ०२०१ नम्बरका टिपर र जेसीबी प्रहरीले नियन्त्रणमा लिएको हो। 

लखन्देही खोला ठेक्का लागे पनि मापदण्डविपरीत निकै गहिरो खाल्डो बनाएर जोखिम निम्तने गरी उत्खनन भएपछि नियन्त्रणको प्रयास गरिएको प्रहरीले जनाएको छ।

टिपर, जेसीबी र त्यसका चालकलाई नवलपुरस्थित इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। 

यसैबीच सर्लाही प्रहरीले अवैध रुपमा सञ्चालित आठवटा क्रसर उद्योग पनि बन्द गरिएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad