अर्थमन्त्री जनार्दन शर्माले अब सरकारको पुँजीगत खर्च बढ्ने बताएका छन्।
अर्थमन्त्रीबाट विदा हुनलागेका उनले मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै सो कुराको जानकारी दिएका हुन्।
सो क्रममा उनले चुनावलगायतका कारण पुँजीगत खर्च धेरै नभए पनि अब भने बढ्ने जानकारी दिए।
उनका अनुसार १ खर्ब रुपैयाँबराबरको टेन्डर भइसकेको छ। त्यस्तै सरकारले ४ खर्बबराबरको भुक्तानी गर्ने दायित्व बाँकी रहेको छ।
सो सबै प्रक्रिया सुरु भएकाले पनि पुँजीगत खर्च बढ्ने उनको भनाइ छ।
54
Shares

प्रतिक्रिया