ad ad

मधेस


रौतहटमा १० लाखको कपडा बरामद

रौतहटमा १० लाखको कपडा बरामद

बरामद कपडा


नेपालखबर
पुस ९, २०७९ शनिबार ९:३५, सर्लाही

प्रहरीले रौतहटबाट झन्डै १० लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ। 

भारतबाट भन्सार छली नेपाल भित्र्याइएको ९ लाख ९७ हजार ८ सय ५० रुपैयाँ बराबरको कपडा चन्द्रनिगहापुरबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरको संयुक्त गस्ती टोलीले कपडा बरामद गरेको हो।

चन्द्रपुर नगरपालिका – ६ स्थित तल्लो बजारबाट लेडिज उलन कुर्ता, लेहेङ्गा, जेन्स कुर्ता सुरुवाल लगायतका कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब निरीक्षक (डीएसपी) उमाशंकरप्रसाद यादवले जानकारी दिए। 

बरामद कपडा शुक्रबार राजश्व कार्यालय पथलैया पठाइएको यादवले बताए। कपडा ल्याउने व्यक्ति भने फरार भएको उनले बताए। 

यसैबीच रौतहटको माधवनरायण नगरपालिका– ५ मिठुअवाबाट प्रहरीले अढाई किलो गाँजासहित एक महिलालाई पक्राउ गरेको छ। 
स्थानीय ५२ वर्षीया सीतापति देवी साहलाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

उनले आफ्नै घरबाट गाँजा बिक्री गरिरहेको सूचना पाएपछि पुगेको प्रहरीले गाँजासहित साहलाई पक्राउ गरेको हो। 

हाल उनलाई इलाका प्रहरी कार्यालय गरुडामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .