ad ad

मधेस


भारतबाट भित्रिएको अवैध चामल बरामद

भारतबाट भित्रिएको अवैध चामल बरामद

अवैध चामल बरामद गर्दै सशस्त्र प्रहरी। तस्बिर : रासस


नेपालखबर
पुस १, २०७९ शुक्रबार ६:३५, पर्सा

भारतबाट अवैधरूपमा नेपाल भित्रिएको चामल प्रहरीले बरामद गरेको छ। वीरगन्ज महनागरपालिका–११ रानीघाटस्थित विभिन्न गोदाममा भण्डारण गरी राखिएको चामल बिहीबार प्रहरीले बरामद गरेको हो। 

राजस्व छली भित्र्याइएको चामल रानीघाटस्थित विभिन्न गोदाममा भण्डारण गरी बिक्री वितरण भइरहेको पूर्वसूचनाका आधारमा चारवटा गोदाममा छापा मार्दा पाँच सयभन्दा बढी बोरा भारतीय चामल बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए। 

उनले भरियाको मद्दतले राजस्व छली भित्र्याइएको चामल स्थानीय सुजित कलवार, विनोद कलवार, श्यामकिशोर वरणवाल र प्रदुमन गुप्ताको घरमा रहेको गोदामबाट बरामद गरिएको बताए। 

प्रहरीले नियन्त्रणमा लिएको गोदाममा कति बोरा चामल छ, त्यसको गन्ती गरिरहेको सूचना अधिकारी बुढाथोकीले जानकारी दिए। उनले घटना मुचुल्कापछि बरामद गरिएको सबै चामल जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी भइरहेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .