ad ad

मधेस


सर्लाही–२ मा माओवादीका महिन्द्र यादवलाई सुरुवाती अग्रता, पछ्याउँदै राजेन्द्र महतो

सर्लाही–२ मा माओवादीका महिन्द्र यादवलाई सुरुवाती अग्रता, पछ्याउँदै राजेन्द्र महतो

नेपालखबर
मंसिर ५, २०७९ सोमबार २१:४९, काठमाडौँ

प्रतिनिधिसभातर्फ सर्लाही–२ मा माओवादी केन्द्रका महिन्द्र यादवले सुरुवाती अग्रता बनाएका छन्। यादव सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन्।

निर्वाचन कार्यालयका अनुसार १ हजार १५० मत गन्दा यादवले ४२४ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का राजेन्द्र महतोले ४९५ मत प्राप्त गरेका छन्। 

यो क्षेत्रमा एमाले जसपा गठबन्धनबाट एमालेका राजनारायण साहले अहिलेसम्म १०८ मत मात्रै प्राप्त गरेका छन्। 

सर्लाही( २ मा सत्तारुढ गठबन्धनकै दुई नेताबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। माओवादी केन्द्र र लोसपा दुबै सत्तारुढ गठबन्धनमा भए पनि सर्लाही २ मा भने उनीहरुबीच मित्रवत प्रतिस्पर्धा छ। 

सत्तारुढ गठबन्धनका चार दलले यादवलाई आफ्नो आधिकारिक उम्मेदवार घोषणा गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .