मधेस


महेश बस्नेतको प्रश्न : निर्वाचनको मिति थाहा नहुने प्रधानमन्त्रीबाट के अपेक्षा गर्ने?

महेश बस्नेतको प्रश्न : निर्वाचनको मिति थाहा नहुने प्रधानमन्त्रीबाट के अपेक्षा गर्ने?

नेपालखबर
कात्तिक २६, २०७९ शनिबार २१:३८, काठमाडौँ

नेकाि एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले केपी ओली र महेश बस्नेत भएपछि भक्तपुरको विकास र समृद्धिको पूरा हुने दाबी गरेका छन्। भक्तपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका बस्नेतले निर्वाचनको मिति नै थाहा नहुने प्रधानमन्त्रीबाट जनताले के अपेक्षा गर्ने भन्दै प्रश्न गरे। 

सूर्यविनायक नगरपालिका–५ मा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता बस्नेतले भक्तपुर र मुलुकै विकासको लागि एमालेको विकल्प नभएको दावी समेत गरे। 

‘जनताले आगामी मंसिर ४ गते एमालेलाई मतदान गरी अत्याधिक बहुमतका साथ विजयी गराउनुहुनेछ,’ बस्नेतले भने, ‘कांग्रेसलाई भने प्रधानमन्त्री देउवाकै माग अनुसार मंसिर ६ गते मात्र मतदान गर्नुहुनेछ। यस्तो निर्वाचनको घोषणा गर्ने तर मिति नै थाहा नहुने प्रधानमन्त्रीबाट जनताले के अपेक्षा गर्ने?’

‘एमालेको सरकार भएको समयमा भक्तपुरमा मात्र हैन, देशै भर जनताको माग, चाहना र आवश्यकता अनुसारको साना तथा ठूला असंख्य विकास निर्माका कार्यहरु भएका थिए। वर्तमान गठबन्धनको सरकार अएपछि विकासले दशैमा जुठो परेको समय जस्तै भएको छ,’ बस्नेतले भने, ‘विकासको सुनसान छ, चालु आयोजनाहरु समेत बन्द भएका छन्। त्यसैले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई जनताहरु विजयी गराउन आतुर हुनुहुन्छ । भक्तपुरका जनता सचेता हुनुहुन्छ, एमालेले गरेको विकास र समृद्धिको यात्रालाई बुझेर सूर्यमा मतदान गर्नुहुनेछ। मंसिर ४ पछि एमालेको सरकार बन्ने छ। आम नेपाली युवा तथा जनताको ‘बा’ केपी ओली प्रधानमन्त्री बन्नुहुनेछ। त्यसपछि तपाईहरुको दाई वा भाई महेश बस्नेत सँगै हुनेछ। केपी बा र महेश दाई वा भाई भएपछि भक्तपुरका जनताले चिन्ता गर्नुपर्दैन,’

एमाले विकासको पर्यायवाची भएको उल्लेख गर्दै उनले केपी ओली नेतृत्वको सरकारको समयमा भक्तपुरको विकास जिल्लाको लागि ऐतिहासिक भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad