मधेस


सत्ता गठबन्धनका मन्त्रीलाई मुख्यमन्त्रीको फोन : राजीनामा दिनुस् नभए हटाउँछु

सत्ता गठबन्धनका मन्त्रीलाई मुख्यमन्त्रीको फोन : राजीनामा दिनुस् नभए हटाउँछु

नेपालखबर
असोज २७, २०७९ बिहिबार २०:४०, जनकपुरधाम

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सत्ता गठबन्धनका मन्त्रीहरुलाई राजीनामा दिन फोन मार्फत आग्रह गरेका छन्।

संघ सरकारबाट आफ्नो पार्टीका मन्त्रीहरुलाई हटाइएपछि राउतले मन्त्रीहरुलाई फोन गरेर सत्ता गठबन्धनबाट प्रदेश सरकारमा रहेका मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेका हुन्। 

मन्त्रीले आफैँ राजीनामा नदिए पदबाट बर्खास्त गर्ने मुख्यमन्त्री राउतले बताएका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले जानकारी दिए। 

यादवले तीन वटै दलका मन्त्रीहरुको भोलि बिहानै बैठक बसेर यस विषयमा छलफल गरिने जानकारी दिए।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्र सरकारमा रहेका जसपाका मन्त्रीहरुलाई बर्खास्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .