ad ad

मधेस


धनुषामा घरकाे तीन तल्लाबाट खसेर एक वर्षीय बालकको मृत्यु

धनुषामा घरकाे तीन तल्लाबाट खसेर एक वर्षीय बालकको मृत्यु

साकेतिक तस्बिर


नेपालखबर
भदौ १४, २०७९ मंगलबार ६:४१, जनकपुर

धनुषामा तीन तल्लाघरबाट खसेर एक वर्षीय बालकको मृत्यु भएको छ। 

मिथिला नगरपालिका ६  ढल्केवर  बस्ने रामकुमार सिंहका १ वर्षीया छोरा आरभु कुमारको तीनतल्ला घरमाथिबाट खसेर मृत्यु भएको हो।

सोमबार साँझ ६ बजे आफ्नै घरमाथि खेल्दै गरेका बालक रेलिङ्गबाट बाहिरएपछि खसेर गम्भीर घाइते भएका थिए। प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए।

मृतक बालकको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .