ad ad

मधेस


बटेश्वर गाउँपालिकाको बजेट ३६ करोड ७५ लाख, कृषि प्राथमिकतामा

बटेश्वर गाउँपालिकाको बजेट ३६ करोड ७५ लाख, कृषि प्राथमिकतामा

नेपालखबर
असार १०, २०७९ शुक्रबार १८:२७, जनकपुरधाम

धनुषाको बटेश्वर गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ३६ करोड ७५ लाख ५५ हजारको बजेट ल्याएको छ। 

शुक्रबार भएको बटेश्वर गाउँपालिकाको आठौं गाउँसभामा आगामी आर्थिक वर्ष २०७९।०८० का लागि अनुमानित बजेट सार्वजनिक गरिएको हो। 

गाउँपालिका उपाध्यक्ष फूलकुमारी सिंहले प्रस्तुत गरेको सो बजेट अन्तर्गत पुँजीगत तर्फ १४ करोड ६२ लाख ३५ हजार, चालु तर्फ ७ करोड ८८ लाख २० हजार, ससर्त अनुदान तर्फ १४ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। 

बजेटमा कृषि तथा पशु विकासलाई प्राथमिकतामा राखिएको छ। गाउँपालिका अध्यक्ष रामअशिषले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाउँपालिकाको सबै वडाको जग्गा सिंचित गर्न खेतखेतमा नहर, बोरिङ जडानको व्यवस्था गर्ने, व्यवसायिक बाली तथा कृषि व्यवसाय प्रवद्र्धनमा जोड दिने, कृषि उपकरण अनुदानमा उपलब्ध गराउने, अनुदानमा खेती गर्न प्रोत्साहित गर्ने लगायत गाउँपालिकाको नीति रहेको छ। 

त्यस्तै, एकल महिला लक्षित पशुपालन, दुध संकलन केन्द्र स्थापना गर्ने नीति लिएको छ। यस्तै शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक विकास लगायतलाई गाउँपालिकाले प्राथमिकतामा राखेर नीति ल्याएको हो।

गाउँपालिका अध्यक्ष महतोको अध्यक्षता तथा कांग्रेस नेता चन्द्रमोहन यादवको प्रमुख आतिथ्यमा गाउँसभाको खुला सत्र सम्पन्न भएको हो।

सो कार्यक्रममा कांग्रेस नेता सन्तोष यादव, बासुलाल महतो, सबै वडाका वडाध्यक्ष, कर्मचारी, पार्टी प्रतिनिधि, कार्यापलिका तथा वडा सदस्य, भरभलादमी, स्थानीय बासिन्दा लगायतको उपस्थिति रहेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .