धरान उपमहानगर पालिकाले १ अर्ब ६८ करोड रुपैयाँको बजेट ल्याएको छ।
कुल विनियोजनमध्ये चालूतर्फ ८३ करोड, पुँजीगततर्फ ८१ करोड ९५ लाख र वित्तीय व्यवस्थातर्फ ३ करोड २५ लाख रुपैयाँ छुट्याएको छ।
आगामी आर्थिक वर्षको लागि खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व स्रोतबाट २५ करोड, संस्थागत आन्तरिक अनुदान ५ करोड, संघिय सरकारबाट अनुदानबाट ८३ करोड, प्रदेश सरकारबाट ३ करोड ५० लाख, संघिय सरकारबाट राजस्व बाँडफाँट २० करोड, प्रदेश राजस्व बाँडफाँटबाट २० करोड र अपुग ११ करोड नगद मौज्दातबाट व्यवस्थापन हुने उल्लेख गरेको छ।
धरान उपमहानगरपालिकाले वडागत बजेट ३१ करोड ५० लाख, शहरी योजनाकोलागि ३९ करोड, शिक्षा तथा खेलकुद २ करोड ५० लाख, स्वास्थ्यतर्फ ४ करोड, सामाजिक विकासतर्फ ५ करोड ८२ लाख, आर्थिक विकासतर्फ २ करोड बजेट विनियोजन गरेको छ।
त्यस्तै पर्यटनतर्फ ३० लाख, सूचना तथा सञ्चार २५ लाख, साहित्यतर्फ ४५ लाख बजेट विनियोजन गरेको छ।
प्रतिक्रिया