लुम्बिनी


राष्ट्रियसभा निर्वाचन: आधा घण्टा नपुग्दै लुम्बिनीमा खस्यो ७६ मत

राष्ट्रियसभा निर्वाचन: आधा घण्टा नपुग्दै लुम्बिनीमा खस्यो ७६ मत

नेपालखबर
माघ ११, २०८२ आइतबार ९:३७, काठमाडौँ

जारी राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा ७६ मत खसिसकेको छ। 

निर्वाचन कार्यालयका अनुसार बिहान ९:२५ सम्म प्रदेशसभा सदस्यतर्फ २६ र स्थानीय तहतर्फ ५० मत खसिसकेकाे हो।

लुम्बिनी प्रदेशमा प्रदेश सभा र स्थानीय तह गरी कुल ८ हजार ५४१ मतभार छ। यस प्रदेशबाट ३ जना राष्ट्रिय सभा सदस्य चुनिँदै छन्। 

लुम्बिनी प्रदेशमा प्रदेश सभा र स्थानीय तह गरी कुल ८ हजार ५४१ मतभार छ। 

लुम्बिनी प्रदेशसभामा ८७ सदस्य रहेकामा ४ जना राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनमा होमिएका छन्।

यस्तै लुम्बिनीमा रहेका १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ जना मतदाता छन्। जसको मतभार ४१४२ हुन्छ।

निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि सातै प्रदेशमा मतदान जारी छ। 

आउने फागुनमा राष्ट्रियसभाका १९ सदस्यको पदावधि सकिँदै छ। तीमध्ये १ जना राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ। 

बाँकी १८ सदस्यमा पनि एक जना (कोसी प्रदेशमा खस आर्यतर्फ सुनिलबहादुर थापा) निर्विरोध निर्वाचित भइसकेकाले आज १७ सदस्यका लागि निर्वाचन भइरहेको हो।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad