लुम्बिनी


काठमाडौँ गइरहेको बस दाङमा दुर्घटना, २२ जना घाइते

काठमाडौँ गइरहेको बस दाङमा दुर्घटना, २२ जना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका-१ स्थित कौडियापुलबाट बिहीबार बिहान खसेको बस। तस्बिर : कुलदीप न्यौपाने/रासस


नेपालखबर
मंसिर २५, २०८२ बिहिबार ९:२५, दाङ

डडेल्धुराबाट काठमाडौँतर्फ गइरहेको ना८ख ७४५५ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत आज (बिहीबार) बिहान दाङको लमही नगरपालिका-१, कौडियापुलबाट खसेको छ।

प्रहरीका अनुसार दुर्घटनामा २२ जना घाइते भएका छन्।

लमहीस्थित वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोशनराज पाण्डेयका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयको सहयोगमा घाइतेहरूलाई उद्धार गरी लमही अस्पताल पुर्‍याइएको छ।

बसमा ३८ जना यात्री थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad