कारोबार


देशैभर साइमेक्स इंकको बीवाईडी एक्सचेन्ज क्याम्पेन, ग्राहकलाई यस्ता फाइदा

देशैभर साइमेक्स इंकको बीवाईडी एक्सचेन्ज क्याम्पेन, ग्राहकलाई यस्ता फाइदा

नेपालखबर
बैशाख २६, २०८२ शुक्रबार १६:३१, काठमाडौँ

बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले देशव्यापी रुप्मा बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेन आयोजना गरिरहेको छ।

मे ७ देखि सुरु भएको क्याम्पेन १० तारिख अर्थात् वैशाख २४ देखि २७ सम्म आयोजना हुने सो अफरअन्तर्गत ग्राहकले छुटाउनै नहुने मौका पाउने कम्पनीले जनाएको छ।

यसमा फ्युचर अफ मोबिलिटी अर्थात् बीवाईडी इलेक्ट्रिक गाडीमा अपग्रेड हुन सकिनेछ।

मेगा एक्सचेन्ज अवधिमा ग्राहकले आफूसँग भएको कुनै पनि ब्रान्ड वा मोडलको गाडीसँग साटेर बीवाईडी एट्टो ३, बीवाईडी डल्फिन र बीवाईडी एम६ लिन सक्नेछ र यसका लागि बेस्ट–इन–इन्डष्ट्रि भ्यालुएसन प्राप्त गर्न सकिनेछ। 

यस अन्तर्गत आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, १० वर्षको एक्सटेन्डेड वारेन्टी, ८० प्रतिशत सम्म फाइनान्सिङ र स्पेसल नगद छुट उपलब्ध हुनेछ । 

थप सुविधाको रुपमा, सो चार दिने मेगा एक्सचेन्जमा बीवाईडी गाडी बुकिङ गर्ने ग्राहकलाई लक्की ड्रमा सहभागी हुने मौका प्राप्त हुनेछ।

तीन जना लक्की ड्र विजेतालाई आफूले किनेको गाडीमा १२ महिना सम्मको किस्ता निःशुल्क अर्थात फ्रि ईएमआई उपलब्ध हुनेछ । 

सो एक्सचेन्ज क्याम्पेन देशभरका सहरमा सञ्चालन भइरहेको हो। यसअनुसार चितवनको बीवाईडी पार्क, बुटवलको भेल्भेट लक्स होटल, भैरहवाको बोधी रेडसन, नेपालगन्जको बीवाईडी नेपालगन्ज शोरुम, दाङको माला इन, धनगढीको होटल रुबस, बिर्तामोडको टाइमलेस मोमेन्ट्स होटल, दमकको बीवाईडी शोरुम, इटहरीको बीवाईडी शोरुम, विराटनगरको बीवाईडी शोरुम, जनकपुरको बीवाईडी शोरुम, लहानको बीवाईडी शोरुम, वीरगन्जको बीवाईडी शोरुम, पोखराको रोयल महल बैंक्वेट, ललितपुरको सत्कार फाइन डाइनमा सञ्चालन भइरहेको छ।

त्यसैगरी पेप्सीकोलाको म्याजेस्टिक बैंक्वेट, कोटेश्वरको रोयल लाउन्ज बैंक्वेट एन्ड रेष्टुरेन्ट, सोल्टीमोडको ल्यान्डमार्क रिसेप्सन, सातदोबाटोको सेल्सबेरी र नक्सालको आम्रपाली बैंक्वेटमा पनि क्याम्पेन सञ्चालन भइरहेको छ। 

‘नयाँ अर्थिक वर्ष आउन लागेको र ईभीको करमा समेत परिवर्तन हुने हल्ला चलिरहेको समयमा दिगो मोबिलिटीको क्षेत्रमा आफूलाई लैजाने यो उपयुक्त समय हो । यसरी स्विच हुनका लागि मेगा एक्सचेन्ज अफरले उपलब्ध गराउने अतुलनीय मूल्य, वित्तीय लचकपना र विशेष लाभले अझै सहज बनाउनेछ’, साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad