कुटपिटबाट बुटवलमा १ पुरुषको ज्यान गएका छ। बुटवल उपमहानगरपालिका १३ का ६० वर्षीय यमप्रसाद नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ।
साँझ ६ बजेतिर केही युवाको समूहले घरमा गएर नेपालमाथि कुटपिट गरेका थिए।
कुटपिटबाट घाइते उनको उपचारका क्रममा बुटवलको एडमन सिटी अस्पतालमा साढे ७ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी दानबहादुर थापाले बताए।
घट्नाको अनुसन्धानको लागि ४ जनालाई नियन्त्रणमा लिइएको उनले बताए।
आक्रमण गर्ने पक्ष र नेपालका छोराबीच केही विषयमा विवाद भएको थियो। विवादका बारेमा गाउँमा छलफलका लागि बोलाउँदा नआएको भन्दै युवाहरुको एक समूहले घरमा आएर हातपात गरेको स्थानीयले बताएका छन्।
विवादको विषय खुलिनसकेको प्रहरीले बताएको छ।
135
Shares

प्रतिक्रिया