राजनीति


पृथ्वी जयन्तीमा बिदा दिने सत्तारुढ गठबन्धनको निर्णय

पृथ्वी जयन्तीमा बिदा दिने सत्तारुढ गठबन्धनको निर्णय

नेपालखबर
पुस २२, २०७९ शुक्रबार २२:२८, काठमाडौँ

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिइने भएको छ। सत्तारुढ गठबन्धनले तयार गरेको नीतिगत प्राथमिकता र कार्यक्रममा सो दिन बिदा दिन दलहरु सहमत भएका छन्।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १३ पृष्ठको २० बुँदामा समेटिएको सरकारको नीतिगत प्राथमिकता र कार्यक्रम तयार पारेको छ। 

 ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने,’ सार्वजनिक भएको नीतिगत प्राथमिकता र कार्यक्रमको मस्यौदामा उल्लेख छ।

पुस २७ अर्थात् पृथ्वी जयन्तीका दिन बिदा दिनुपर्ने सर्त राप्रपाले राख्दै आएको थियो। 

शुक्रबार अन्तिम रुप दिइएको सो मस्यौदा शनिबार सत्ता गठबन्धनका शीर्ष नेतालाई बुझाउने तयारी छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad