ad ad

लुम्बिनी


मोटरसाइकल रुखमा ठोक्किँदा २ जनाको मृत्यु

मोटरसाइकल रुखमा ठोक्किँदा २ जनाको मृत्यु

नेपालखबर
साउन १८, २०७९ बुधबार १३:३९, बुटवल

कपिलवस्तुको वाणगंगा नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बाडगंगा–२, गोवडीहवामा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको लु ६४ प ५७६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर रूखमा ठोक्किएको हो। 

दुर्घटनामा वाणगंगा–२, कप्टैयाका २५ वर्षीय रमेश विश्वकर्मा र पछाडि बसेका २७ वर्षीय गोपाल विश्वकर्माको मृत्यु भएको इलाका प्रहरी कार्यालय (पिपरा) का प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए। 

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई लुम्बिनी प्रादेशिक अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको केसीले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .