ad ad

कारोबार


कोरोना महामारीमा हिमालय एयरलाइन्सको १७७ उडान, साढे ३३ हजार नेपालीलाई घरमा ल्यायो

कोरोना महामारीमा हिमालय एयरलाइन्सको १७७ उडान, साढे ३३ हजार नेपालीलाई घरमा ल्यायो

नेपालखबर
साउन १८, २०७९ बुधबार १३:४३, काठमाडौँ

कोभिड महामारीको समयमा हिमालय एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्वमा ठूलो योगदान पुर्‍याएको छ। 

हिमालयले २०२० र २०२१ मा सीएसआर रिपोर्ट सार्वजनिक गर्दै कोभिड महामारीमा ठूलो योगदान पुर्‍याएको उल्लेख गरेको छ। 

कोभिड माहामारीको समयमा हिमालयले १ करोड कोभिड कोषमा जम्मा गरेको थियो। त्यसबाहेक अत्यावश्यक स्वास्थ्य सामाग्री आम्दा हस्पिटल, सिसिएमसी गुल्मी, सहिद गंगालाल हस्पिटल, प्रयास नेपाल, मनमोहन मेमोरियल हस्पिटलमा सहयोग पुर्याएको थियो। 

अन्तर्राष्टिय उडान बन्द हुँदा १७७ उडानमार्फत ३३ हजार ६२७ नेपालीलाई घरमा ल्याएको थियो। 

२ लाख डोज खोप ल्याउन कोभिड  महामारीको समयमा ४ वटा कार्गो उडान नि:शुल्क गरेको थियो। 

अफगानिस्तानमा मानवीयता सहायताको लागि नेपाली जनताबाट उठाएको १० टन सामग्री लिएर काबुलमा निशुल्क उडान गरेको थियो।

हिमालय एयरलाइन्स व्यावसायिक संस्था भए पनि संस्थागत समाजिक उत्तरदायित्वमा अग्रणी रहेको  जनाएको छ। 

२०१४ मा स्थापना भएको हिमालयले २०१६ मेमा १ वटा जहाजबाट उडान थालेको थियो। पहिलो उडान कतारको दोहा उडान सुरू गरेको थियो। हाल १० वटा क्षेत्रमा उडान गरिरहेको छ।

हाल हिमालयसँग ४ वटा जहाजले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ। सातौँ वार्षिक उत्सब मनाइरहेको केही समयदेखि कुवेतमा उडान सुरू गरेको छ। हिमालय एयरलाइन्समा यति वर्ल्ड इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको ३५ प्रतिशत र तिब्बत सिभिल एभिएसन डेभलप्मेन्ट एन्ड इन्भेष्टमेन्टको ६५ प्रतिशत सेयर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .