राजनीति


मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछः मन्त्री घिसिङ

मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछः मन्त्री घिसिङ

नेपालखबर
असोज ३, २०८२ शुक्रबार १३:२९, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं शहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने बताएका छन्। 

आज शुक्रबार काठमाडौँको नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागको परिसरमा सरसफाइ तथा पुनर्निर्माण अभियानको शुभारम्भ गर्ने क्रममा उनले सञ्चारकर्मीमाझ मन्त्रिपरिषद्ले छिटै पूर्णता पाउने बताएका हुन्। 

मन्त्री घिसिङले मन्त्रिपरिषद्लाई पूर्णता दिने काममा ढिलाइ नहुने कुरा प्रधानमन्त्री सुशीला कार्कीले आफूहरूसँग गरेको पनि बताए। 

सम्बन्धित पक्षसँग वार्ता छिटो टुंग्याएर मन्त्रिपरिषद्लाई प्रधानमन्त्री कार्कीले छिट्टै पूर्णता दिने उनको भनाइ थियो। 

मन्त्री घिसिङले सरकारले आफूले गर्नुपर्ने पुनर्निर्माणलगायतको काम सुरु गरिसकेको पनि बताए। 

यस्तो छ उनको भनाइ

मन्त्रिपरिषद्ले अब चाँडै पूर्णता पाउँछ। सरकारले सरसफाइको काम आ-आफ्नो मन्त्रालयमा सुरु गरिसकेका छौँ। भोलेन्टियर साथीहरू पनि आउनुभएको छ। उहाँहरूलाई पनि हामीसँगै लिएर जान्छौँ। विभिन्न संघ संस्थाका साथीहरू पनि आउने अवस्थामा हुनुहुन्छ। उहाँहरू सबैलाई पनि आह्वान गर्दछौँ। सरकारले आफूले गर्नुपर्ने कामहरू अगाडि बढाइसकेको छ। अब मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछ। मन्त्रिपरिषदलाई पूर्णता दिने कुरा प्रधानमन्त्रीले चाँडै गर्छु भन्नुभएको छ। 
 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad