कोशी


कोइराला निवासमा बालकृष्ण खाणले भने: यो कुनै गुटको थलो होइन

‘केन्द्रीय समितिमा सक्रिय रहँदै महाधिवेशन सफल बनाउन केन्द्रित हुने’
कोइराला निवासमा बालकृष्ण खाणले भने: यो कुनै गुटको थलो होइन

कोइराला निवासमा बालकृष्ण खाण


सुमन सुस्केरा
असार ३२, २०८२ बुधबार ११:४५, विराटनगर

कोसी प्रदेशको भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण आज बुधबार बिहानै विराटनगरस्थित कोइराला निवास आइपुगे। 

कोइराला निवासमा भेला भएका पत्रकारहरूसँग उनले कोइराला निवास ‘पवित्र भूमि’ भएको बताए। 

खाणले भने, ‘यो कुनै गुटको थलो होइन। हाम्रा लागि यो स्थान धार्मिक स्थलसरह पवित्र छ। कोइराला परिवारले नेपाली राजनीति र लोकतन्त्रमा पुर्‍याएको योगदान अमूल्य छ।’

खाणले पार्टी सभापतिलाई सफल बनाउने जिम्मेवारी सबैको भएको पनि बताए।  सभापति सफल भए मात्रै पार्टी अघि सक्ने धारणा उनले राखे। 

उनले अहिले कुनै निर्णय नभएको र आफू केन्द्रीय समितिमा सक्रिय रहँदै महाधिवेशन सफल बनाउन केन्द्रित हुने पनि बताए।

पार्टी नेतृत्व गुटभन्दा माथि उठेर चयन हुनुपर्नेमा उनले जोड दिए।

कांग्रेस-एमालेबिचको सहकार्य नयाँ नभएको भन्दै उनले विगतमा पनि पटकपटक सहकार्य भएको स्मरण गराए।

यो गठबन्धन २०८४ को निर्वाचनसम्म निरन्तर अघि बढ्ने बताए। 

पार्टी अनुशासन समितिबाट भएका कारबाहीबारे सोध्दा उनले त्यो निर्णय प्रक्रियागत भएको तर्क गर्दै केन्द्रीय समितिले समीक्षा गरेर निर्णय गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad