कारोबार


महानगर यातायातले ल्यायो चेरी वान्डाका १२ वटा विद्युतीय यात्रुबस (तस्बिरहरू)

महानगर यातायातले ल्यायो चेरी वान्डाका १२ वटा विद्युतीय यात्रुबस (तस्बिरहरू)

सौगात दाहाल
असार ३२, २०८२ बुधबार १२:२, काठमाडौँ

महानगर यातायातले अब काठमाडौंमा विद्युतीय बसबाट सेवा दिने भएको छ। 

बुधबार कम्पनीले १२ वटा ३३ सिटे विद्युतीय बस सार्वजनिक गरेको हो। 

चेरी वान्डा ब्रान्डको सिटी बस कम्पनीको आधिकारिक वितरक शशीला मोटर्सले महानगर यातायातलाई हस्तान्तरण गरेको हो। 

सबै पूर्ण विद्युतीय बसहरु हुन्। यी बसहरुको ह्विलबेस ४३०० एमएम, ग्रेडिबिलिटी २५ प्रतिशत, १३८०० किलोग्राम तौल, कर्ब वेट ७९०० किलोग्राम रहेको कम्पनीले जनाएको छ। 

यसको अधिकतम प्रतिघण्टा गति ६९ किलोमिटर छ भने ६८ जनाले एकपटकमा सिट (३३)मा बसेर यात्रा गर्न सक्छन्। 

१२०/२४० किलोवाटको मोटर सिस्टम रहेका बस डाइरेक्ट ड्राइभयुक्त छ। बसमा सीएटीएल, १४४.९७ केडब्लुएच पावरको ब्याट्री सिस्टम रहेको छ। 

सुरक्षा फिचरहरुतर्फ अक्चिलरी ब्रेक टाइप, अगाडि डिस्क र पछाडि ड्रम ब्रेक, एयर सस्पेन्सन रहेको छ। त्यस्तै न्युमेटिक डुअल सर्किट ब्रेकिङ सिस्टम, ब्रेक मास्टर सिलिन्डर र हाइ क्वालिटी भल्भ रहेको छ।

तस्बिरमा हेर्नुहोस्– 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad